काठमाडौँमा सडकपेटीका तरकारी व्यवसायीद्वारा आत्मदाह प्रयास, प्रहरीले उद्धार गर्‍यो

काठमाडौँ । काठमाडौँको कीर्तिपुरस्थित नयाँबजारमा सडकपेटीमा तरकारी बेच्ने एक पुरुषले सोमबार आत्मदाह प्रयास गरेका छन् ।जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) पवन भट्टराईका अनुसार जीवन अधिकारीलाई प्रहरीले समयमै उद्धार गरेको हो ।

प्रहरीका अनुसार अधिकारी नयाँबजार क्षेत्रमा सडकपेटीमा तरकारी बिक्री गर्दै आएका थिए । नगरपालिकाले कार्यालय समयभर सडकमा व्यापार गर्न रोक लगाउँदै साँझ ६ बजेदेखि मात्रै फुटपाथमा व्यापार गर्न दिने व्यवस्था गरेपछि जीविकोपार्जनमा समस्या भएको गुनासो गर्दै उनले आत्मदाहको प्रयास गरेको प्रारम्भिक बुझाइ छ ।

प्रहरी वृत्त कीर्तिपुरको टोलीले उनलाई नियन्त्रणमा लिएर सम्झाइबुझाइ गरेको र पछि आफन्तको जिम्मा लगाइएको एसपी भट्टराईले जानकारी दिनुभयो ।

अधिकारीले नगर प्रहरीले सडकपेटी खाली गराउने क्रममा आफ्नो व्यापारमा ठूलो असर परेको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए यसैबीच सोमबार नै शीतल निवासअगाडि पनि एक जनाले आत्मदाहको प्रयास गरेका थिए। प्रहरीले २७ वर्षीय विशाल तामाङलाई समयमै उद्धार गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस