अभिषेक बोहरा/ सभ्यता पाठशालाले त्रिभुवननगर जेसीज, महिला जेसीज र नगर प्यावसनका नवनिर्वाचित पदाधिकारीलाई स्वागत सम्मान गरेको छ।
विद्यालयका संचालक समितिका अध्यक्ष महेन्द्र बुढाथोकीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा विद्यालयका शैक्षिक निर्देशक केशरमान बुढाथोकीले युवापलायनको समस्या राेक्न लाग्न जेसीजलाई आग्रह गरे । “जेसीज र प्याव्सनमा युवाहरु आबद्ध भएर नेतृत्व गर्दै समाजमा सकारात्मक सोच प्रवाह गरिरहेका छन्। आगामी दिनमा सभ्यता पाठशालाले जेसीज र प्याव्सनसँग सहकार्य गर्दै विभिन्न कार्य गर्ने इच्छा राख्दछ”, बुढाथाेकीले भने ।
कार्यक्रममा त्रिभुवननगर जेसीजका अध्यक्ष टंक बहादुर रावत (अनन्त), महिला जेसीजका अध्यक्ष अनिता ढकाल र नगर प्यावसनका अध्यक्ष बालकृष्ण वलीले पनि मन्तव्य राखेका थिए । कार्यक्रमको सहजिकरण विद्यालयका प्रधानाध्यापक चेतमान घर्ती मगरले गरेका थिए ।
प्रतिक्रिया दिनुहोस