त्रिभुवननगर जेसीजद्वारा हाजिरी जवाफ तथा खुल्ला बास्केटबल प्रतियोगिता हुने

दाङ । त्रिभुवननगर जेसीजको प्रथम साधारण सभा सम्पन्न भएको छ। वर्ष २०२५ का अध्यक्ष टंक बहादुर रावतको अध्यक्षतामा शनिबार सम्पन्न सभाले मावि तह हाजिरी जवाफ प्रतियोगिता तथा खुल्ला जिल्लास्तरीय बास्केटबल प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको छ।

लामो समयदेखि युवाहरूको व्यक्तित्व तथा नेतृत्व विकासमा क्रियाशील त्रिभुवननगर जेसीजले जेसीआई ब्रान्ड अवेयरनेस कार्यक्रम अन्तर्गत फागुन ७ गते मावि तह हाजिरी जवाफ प्रतियोगिता तथा फागुन १६ र १७ गते दाङ जिल्ला बास्केटबल संघको प्राविधिक सहयोगमा खुल्ला जिल्लास्तरीय बास्केटबल प्रतियोगिता आयोजना गर्ने भएको छ।

त्रिभुवननगर जेसीजका अध्यक्ष टंक रावत अनन्तका अनुसार प्रतियोगिताका बिजेता तथा उपबिजेतालाई नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।

साधारण सभाले वर्ष २०२५ का लागि वार्षिक कार्ययोजना सर्वसम्मत रूपमा पारित गरेको छ। युवा नेतृत्व तथा व्यक्तित्व विकासलाई लक्षित गरी विभिन्न कार्यक्रमहरू आयोजना गरिने जनाएको छ।

हाजिरी जवाफ प्रतियोगिताको संयोजकका रूपमा त्रिभुवननगर जेसीजका उपाध्यक्ष अभिषेक बोहरा तथा बास्केटबल प्रतियोगिताका संयोजकका रूपमा खेल संयोजक रणबहादुर खड्का नियुक्त भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस