नेपाल-भारत सीमा विवाद ढोल बजाएजसरी हुँदैन: लामिछाने

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नेपाल–भारत सीमा विवाद ढोल बजाएजसरी नहुने बताएका छन्।

पाँच दिने भारत भ्रमण सकेर स्वदेश फर्किएका लामिछानेले शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै सीमा समस्या समाधान कूटनीतिक च्यानलमार्फत गरिने  बताएका थिए।

उनले उपयुक्त समयमा कूटनीतिक संवादमार्फत हल गर्ने कुरामा भारतसमेत तयार रहेको बताए। ‘सीमा विवाद हल्ला गरेजस्तो ढोल बजाएर हुँदैन। तर, ढोल नबजाइकन आफ्नो देशको बारेमा गर्ने कुराहरू गर्नुपर्ने ठाउँमा, गर्नुपर्ने समयमा सरलबद्ध तरिकाले गर्नुपर्ने हुन्छ। कुनै पनि कामका चरणहरू हुन्छन्। त्यस्ता चरणमा सीमाको विषयमा कुरा गर्नुपर्ने हुन्छ। त्यसकारण सडक र सदनको बहसभन्दा माथि उठेर कुटनीतिक माध्यमबाट समाधान गर्नुपर्छ’, उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस