काठमाडौँ । संघीय संसद्को प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन आजदेखि सुरु हुँदैछ । दुवै सदनको बैठक दिउँसो २ बजे बस्ने तय भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा गत वैशाख २२ गते आजका लागि संघीय संसद्को दुवै अधिवेशन आह्वान गरेका थिए ।
संसद् सचिवालयका अनुसार आजको बैठकमा सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट अधिवेशनसँग सम्बन्धित विषयमा कार्यसूची अघि बढाउने तयारी गरेको छ ।
यस अधिवेशनमा सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट, विनियोजन विधेयक तथा विभिन्न विधेयक प्रस्तुत गर्ने अपेक्षा गरिएको छ ।
साथै समसामयिक राजनीतिक विषय, सुशासन, सेवा प्रवाह र विकास निर्माणका मुद्दामा पनि सांसदहरूले सरकारको ध्यानाकर्षण गराउने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया दिनुहोस