बागमती सरकारबाट एमालेका ६ मन्त्रीको सामूहिक राजीनामा

काठमाडौँ । बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका सबै ६ जना मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूको सामूहिक राजीनामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाउनुभएको हो।

राजीनामा दिने मन्त्रीहरूमा कृषि तथा पशुपन्छी विकासमन्त्री बिन्दु श्रेष्ठ, स्वास्थ्य मन्त्री डा. दिनेशचन्द्र देवकोटा, आन्तरिक मामिला तथा कानुनमन्त्री किरण थापा, भौतिक पूर्वाधार विकासमन्त्री भरतबहादुर केसी, सामाजिक विकासमन्त्री मधुसूदन पौडेल र वन तथा वातावरणमन्त्री जयराम थापा हुनुहुन्छ।

एमालेका मन्त्रीहरूको सामूहिक राजीनामासँगै बागमती प्रदेश सरकारको सत्ता समीकरणमा नयाँ राजनीतिक परिवर्तनको संकेत देखिएको छ। राजीनामाको कारणबारे भने एमालेले औपचारिक धारणा सार्वजनिक गरिसकेको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस