काठमाडाैँ । करातेकी एरिका गुरुङले खेल जीवनमा अर्को इतिहास रचेकी छिन् । गतवर्ष १९ औं एसियाली खेलकुदमा रजत जितेकी एरिका शुक्रवार २० औं एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुगेकी छिन् । उनले कम्तीमा रजत पदक पक्का गरेकी छिन् ।
नेपाली खेलाडी एसियन च्याम्पियनसिपको फाइनलमा पुगेको इतिहास नै यो पहिलो पटक हो । एरिकाले प्री क्वाटरफाइनलमा फिलिपिन्सकी इसाबेल ब्रिटोलाई ४-० ले हराइन् ।
गत वर्ष एसियाडको फाइनलमा काजकिस्तानकी सोफ्या बेर्लुत्सेभासँग पराजित एरिकाले यसपटक सोही खेलाडीलाई क्वाटरफाइनलमा हराएकी थिइन् । निर्धारित समयको खेल १- १ एकको बराबरीमा सकिएपछि रेफ्रीको निर्णयमा एरिकाले सोफयालाई माथ दिइन्।
एरिकाले १९ औं एसियाड पदक जितेको महिला ६८ केजीमाथि तौलसमूहमा आजै भएको सेमिफाइनलमा थाइल्याण्डकी केवलिन सोङगलिन विरुद्ध ८-० जित निकाल्दै एरिका फाइनल पुगेकी हुन् ।
गत वर्ष चीनमा एसियाड भएको हलमा नै अहिले आज एसियन च्याम्पियनसिप सुरु भएको हो। एरिकाले आइतवार फाइनल खेल्ने टोलीका काता प्रशिक्षक मन्देकाजी श्रेष्ठले जानकारी दिए।
कुमुतेमा एक जना खेलाडीको खेल बाँकी रहेको छ । अन्य सबै खेलाडीले सफलता हात पार्न सकेनन्। काताको प्रतिस्पर्धा शनिवार हुनेछ।
प्रतिक्रिया दिनुहोस