कृष्णदेव थापा
दाङ । मलेसियामा जारी अन्डर १९ महिला क्रिकेट विश्व कपमा नेपालले मलेसियालाई ७ विकेटले पराजित गरेको छ । पहिलो विश्व कप खेलिरहेको नेपाल महिला टिमले खेलमा ऐतिहासिक जित निकालेको छ ।
नेपालले मलेसियालाई ब्याटिङ्गको निम्तो दिई १६.५ ओभरमा नै पूरा टिमलाई ४५ रनमा समेटेको थियो । मलेसियालाई सस्तो रनमा समेट्नको लागि नेपालको तर्फबाट कप्तान पुजा महतोले कसिलो बलिङ्ग गर्दै ३.५ ओभरमा ९ रन खर्चेर ४ विकेट लिएकी थिइन् । यस्तै रचना चौधरीले ३ र रिया शर्माले १ विकेट लिएका थिए ।
जवाफमा नेपालले १३.३ ओभरमा नै ३ विकेट गुमाई सजिलै लक्ष्य पूरा गरेको थियो । पुजा महतोले ४ चौका प्रहार गरी अवजित २३ रनको कप्तानी पारी खेलेकी थिइन् । खेलमा २३ रन र ४ विकेट लिएकी पुजा महतो म्यान अफ दि म्याच घोषित भएकी छिन् । समूह डि मा रहेको नेपालले आफ्नो पहिलो तीन खेलमा अष्टे«लिया, बंगलादेश र स्कटल्याण्डसँग पराजित भएको थियो ।
प्रतिक्रिया दिनुहोस