काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम आज प्रस्तुत गर्दैछ । अपराह्न ४ बजे बस्ने संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति Ramchandra Paudel ले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ ।
त्यसअघि दिउँसो २ बजे राष्ट्रियसभा र प्रतिनिधिसभाका छुट्टाछुट्टै बैठक बस्नेछन् । गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख २८ गते राष्ट्रपतिबाट संघीय संसद्मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने निर्णय गरेको थियो ।
विगतमा प्रि–बजेट छलफलपछि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने अभ्यास रहे पनि अघिल्लो वर्ष भने नीति तथा कार्यक्रम सार्वजनिक भएपछि मात्रै प्रि–बजेट छलफल गरिएको थियो ।
संविधानअनुसार प्रत्येक वर्ष जेठ १५ गते संघीय बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्था छ । त्यसअघि सरकारले नीति तथा कार्यक्रम तथा प्रि–बजेट छलफल प्रक्रिया सम्पन्न गर्नेछ ।
प्रतिक्रिया दिनुहोस