स्कुल बसले ठक्कर दिँदा देउखुरीमा युवकको मृत्यु

दाङ । स्कुल बसले ठक्कर दिँदा दाङको देउखुरीमा युवकको मृत्यु भएको छ । लमही भालुवाङ सडकखण्डको बिजौरीमा स्कुल बसले मोटरसार्इकललाई ठक्कर दिँदा मोटरसाइकल चालक राप्ती गाउँपालिका ८ बिजौरीका २० वर्षिय किशन शाहीको मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ ।

गोरखा आइडएल विद्यालय लालमटियाको रा१क १४१८ नम्वरको बसले रा५प २६०१ नम्वरको मोटरसार्इकललाई ठक्कर दिँदा मोटरसाइकल चालक शाहीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनापछि आक्रोशित स्थानीयले अहिले पूर्व पश्चिम राजमार्गको लमही भालुवाङ सडकखण्ड अवरुद्ध गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस