दाङ । नेपालको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल पाथीभरा देवीको मन्दिर पूर्वी नेपालको ताप्लेजुङ जिल्लामा रहेको छ । यो मन्दिर ताप्लेजुङ जिल्लाको सदरमुकाम फुङ्लिङ बजारदेखि करीब १९ किलोमिटरको दुरी तथा ३७९४ मिटरको उचाइमा अवस्थित छ ।
पाथीभरा माताको दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वासका कारण लाखौं मानिस देवीको दर्शनका लागि यहाँ आइपुग्छन् ।
पाथीभरा देवीको मन्दिरमा नेपाल मात्रै होइन भारत, भुटानलगायतका देशबाट समेत मानिसहरू आउने गर्दछन् । देवीको यो मन्दिरमा भेडा, बोका, पाठीको बलि दिने गरिएको भए पनि पछिल्लो समय भने बलिको साटो परेवा उडाउने, फलफूल चढाउने र देवीको श्रृङ्गारको सामग्री चढाउने चलन बढेको छ । यहाँ बत्ती बाल्न आउने भक्तजनहरु पनि उत्तिकै हुन्छन् ।
प्रतिक्रिया दिनुहोस