प्रदेशका सबै धार्मिक सम्पदाहरुलाई पर्यटन सर्किटमा जाेड्छाैं-मुख्यमन्त्री

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेश सरकारले समृद्ध लुम्बिनी र आत्मनिर्भर प्रदेशकाे लक्ष्य पूरा गर्न धार्मिक तथा पर्यटकीय क्षेत्रकाे प्रवर्द्धनमा बिशेष ध्यान दिएकाे बताउनु भएको छ ।

बुटवल उपमहानगरपालिका-१२ मा रहेकाे मुक्तिनाथ धाममा पुग्नु भएका मुख्यमन्त्री आचार्यले ऐतिहाँसिक महत्त्व बाेकेका धाम तथा मठ मन्दिरकाे संरक्षण, सम्बर्द्धन र विकासका लागि प्रदेश सरकारले याेजना निर्माण गरेर अघि बढ्ने बताउनु भएको हाे ।प्रदेशलाइ आर्थिक रुपमा बलियाे बनाउने आधार पर्यटन क्षेत्र हाे । हामी कहाँ भएका सम्पदाहरुलाइ पर्यटन संग जाेडेर अघि बढेका छाैं´उहाँले भन्नुभयाे-लुम्बिनीका १२ जिल्लामा रहेका सम्पदाहरुलाइ पर्यटन सर्किट मार्फत जाेड्छाैं ।´

लुम्बिनी प्रदेश भ्रमणमा आउने भारतीय पर्यटकहरुलाइ लक्षित गरेर सिमानामा एकिकृत जाँच मार्फत सहज आवागमनका लागि प्रदेश सरकारले प्रक्रिया अघि बढाएकाे, ठाउँ ठाउँमा हुने पटके जाँचलाइ घटाउने र पर्यटनमैत्री बनाउने याेजना सरकारले अघि बढाएकाे मुख्यमन्त्री आचार्यले जानकारी दिनुभयाे ।

प्रदेश सरकारले यस बर्ष घुमाैं बर्दियाकाे अभियान समेत थाल्ने याेजनामा छ । मुख्यमन्त्री आचार्यले धाममा पुजा अर्चना समेत गर्नु भएको थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस