निर्वाचन आयोगका प्रस्तावित पदाधिकारीबारे आज संसदीय सुनुवाइ

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्त पदका लागि प्रस्तावित व्यक्तिहरूमाथि आज संसदीय सुनुवाइ हुने भएको छ। सङ्घीय संसद्अन्तर्गत संसदीय सुनुवाइ समितिको बैठक बिहान ११ बजे सिंहदरबारस्थित संसद् भवनमा बस्नेछ ।

राज्य व्यवस्था तथा सुशासन समितिको सभाकक्षमा बस्ने बैठकमा प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्त पदमा नियुक्तिका लागि प्रस्तावित व्यक्तिहरूका सम्बन्धमा प्राप्त उजुरीमाथि छलफल गर्नुका साथै उहाँहरूले पेस गरेका कार्ययोजना वितरण गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

संवैधानिक परिषद्को असार १९ गते बसेको बैठकले प्रमुख निर्वाचन आयुक्त पदमा मानबहादुर कार्कीलाई नियुक्तिका लागि सिफारिस गरेको थियो ।

परिषद्ले निर्वाचन आयुक्त पदमा डा. राजीव सुब्बा र गुरुप्रसाद वाग्लेलाई नियुक्तिका लागि पनि सिफारिस गर्ने निर्णय गरेको थियो । संवैधानिक व्यवस्थाअनुसार संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि प्रस्तावित पदाधिकारीलाई राष्ट्रपतिले नियुक्त गर्नुहुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस