केपी ओलीमाथि प्रतिशाेध साँधिए एमाले चुप लागेर बस्दैन : युवा नेता श्रेष्ठ

दाङ । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीमाथि अनावश्यक आरोप लगाएर कारबाही गर्ने प्रयास गरिए पार्टी चुप लागेर नबस्ने चेतावनी दिइएको छ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले) दाङका सचिवालय सदस्य तथा निर्वाचन विभाग प्रमुख विवेक श्रेष्ठले अध्यक्ष ओलीमाथि लगाइने निराधार आरोपहरू स्वीकार्य नहुने बताउनुभएको हो ।

उहाँले यस्तो अवस्था सिर्जना भए एमालेका नेता–कार्यकर्ता हातमा दही जमाएर नबस्ने स्पष्ट पार्दै आवश्यक परे कडा प्रतिवाद गरिने बताउनुभयाे ।

उहाँले राजनीतिक पूर्वाग्रहका आधारमा पार्टी अध्यक्षमाथि आरोप लगाउने वा कारबाहीको प्रयास गर्ने गतिविधि भए त्यसको सशक्त प्रतिवाद गरिने उल्लेख गर्नुभयो ।

श्रेष्ठले पार्टी नेतृत्वमाथि लक्षित कुनै पनि षड्यन्त्र स्वीकार नगर्ने चेतावनी दिँदै आवश्यकता परे एमाले कार्यकर्ता “अरिङ्गालको रूपमा उत्रन बाध्य हुने” टिप्पणी गर्नुभयो।

श्रेष्ठले पार्टी नेतृत्वको सम्मान र प्रतिष्ठामाथि आँच पुग्ने खालका गतिविधि नगर्न सम्बन्धित पक्षलाई सचेत गराउँदै राजनीतिक स्थायित्व र लोकतान्त्रिक अभ्यासलाई कमजोर पार्ने प्रयास नगर्न पनि आग्रह गर्नुभयो।

उहाँले अध्यक्ष ओलीको नेतृत्वमा पार्टी अघि बढिरहेको उल्लेख गर्दै पार्टीभित्र तथा बाहिरबाट हुने कुनै पनि अस्वाभाविक दबाब वा आरोपको सामना गर्न एमाले कार्यकर्ता तयार रहेको बताउनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस