सङ्घीय संसद्का दुई समितिको बैठक आज

काठमाडौँ । सङ्घीय संसद् मातहतका दुई स्थायी समितिहरू– पूर्वाधार विकास समिति र विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै छन् ।

पूर्वाधार विकास समितिको बैठकमा हालैको वर्षाका कारण क्षतिग्रस्त भएका कोदारी राजमार्ग, रसुवागढीलगायतका सडकहरूको अवस्थाबारे विस्तृत छलफल हुने भएको छ ।

चाडपर्व नजिकिँदै गरेको सन्दर्भमा सडक यातायात र पूर्वाधार व्यवस्थापनसम्बन्धी मुद्दा समेत समितिको एजेन्डामा समावेश गरिएको छ ।

यसैगरी, विधायन व्यवस्थापन समितिको बैठकमा ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१’ को मस्यौदा प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची तय भएको संसद सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस