काठमाडौँ । नारायणगढ–मुग्लिन सडकखण्डमा आज बिहान भएको दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । उक्त सडक खण्डको सत्र किलोमा भएको दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता भेषराज रिजालका अनुसार बिहान ३ बजे मुग्लिनबाट नारायणगढतर्फ आइरहेको माइक्रोबस र नारायणगढबाट मुग्लिनतर्फ गइरहेको बस एकापसमा ठोक्किँदा माइक्रोमा सवार गोरखा आरुघाट गाउँपालिका–१ का ४२ वर्षिय राजबहादुर गुरुङ, माइक्रोबसका चालक, परिचय नखुलेका ४० वर्षिया महिला, ३२ वर्षिय र ३५ वर्षिय पुरुषको मृत्यु भएको छ।
दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको भरतपुर अस्पताल र तीन जनाको चितवन शिक्षण अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये एक जनाको अवस्था गम्भिर छ ।
प्रतिक्रिया दिनुहोस