दाङ । निर्माणाधीन झोलुङ्गे पुलको वाल भत्किदा रोल्पामा पाँच जनाको मृत्यु भएको छ । जिल्लाको सुनछहरी गाउँपालिका वडानम्वर–३ गाजा धारामा निर्माणाधीन झोलुङ्गे पुल निर्माणको वाल भत्किदा निर्माणमा खटिएका पाँचजना मजदूरको घटनास्थलमै मृत्यु भएको सुनछहरी गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाको विपद् व्यवस्थापन शाखाका अनुसार सुनछहरी गाउँपालिका वडानम्वर–३ का ४५ पुरुष वर्षिय दुजमन परियार, ३२ वर्षिय ओम परियार, २७ वर्षिष आइती परियार, वर्ष नखुलेकी सुत्रिका परियार, ६६ वर्षियदेवीराम परियारको घटना स्थलमै मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस