प्रधानमन्त्रीले पिताको हातबाट लगाए दसैँको टीका

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पिता मोहनप्रसाद ओलीको हातबाट दसैँको टीका लगाउनु भएकाे छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा शुभसाइतमै ओलीले पिताको हातबाट टीका र जमरा लगाएको ओलीको निजी सचिवालयले जानकारी दिएको छ।

पिताको हातबाट टीका लगाउनु अघि प्रधानमन्त्री ओलीले पुरोहितको हातबाट नवदुर्गा भवानीको प्रसाद स्वरुप टीका र जमरा ग्रहण गर्नु भएकाे थियाे । आफूले टीका लगाएपछि प्रधानमन्त्री ओलीले श्रीमती तथा आफन्तजनलाई टीका लगाई दिनुभएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस