नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक असार १५ गतेका लागि बोलाइयो

काठमाडौँ । नेपाली कांग्रेसले आगामी असार १५ गते केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ। पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार समसामयिक राजनीतिक विषयमा छलफल गर्ने उद्देश्यले बैठक आह्वान गरिएको हो।

पार्टी मुख्यालय सानेपामा बस्ने बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरू तथा आमन्त्रित सदस्यहरूको उपस्थिति आवश्यक रहेको जनाइएको छ।

मुख्य सचिव पौडेलले जानकारी दिनुहुँदै बैठकमा हालको राजनीतिक परिस्थिति, पार्टीभित्रका संगठनात्मक विषयहरू, आगामी रणनीति तथा विभिन्न मुद्दामा पार्टीको धारणा तय गर्न छलफल हुने बताए ।

पार्टीभित्र आन्तरिक एकता, सरकारप्रतिको भूमिका, संसद्मा लिइनुपर्ने रणनीति लगायतका विषय बैठकको प्रमुख एजेण्डा हुने अनुमान गरिएको छ।

नेपाली कांग्रेसले पछिल्लो समय सरकारको नीतिगत कमजोरीप्रति आलोचनात्मक भूमिका खेल्दै आएको छ भने संघीयता, गणतन्त्र र लोकतान्त्रिक मूल्यको संरक्षणमा सक्रिय रहने प्रतिबद्धता दोहोर्‍याउँदै आएको छ। आगामी बैठकले ती विषयहरूमा ठोस निर्णय गर्ने सम्भावना रहेको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस