शुभकामना बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा

दाङ । शुभकामना बचत तथा ऋण सहकारी संस्थाको १७ औं साधारण सभा शुक्रबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष गेहेन्द्र बस्नेतको अध्यक्षता तथा सहकारी बैंक घोराहीका प्रमुख प्रदिप अर्यालको प्रमुख आतिथ्यता एवं सल्लाहकारहरु दामोदर शर्मा, सुरामणि बेल्वासेको विशिष्ट आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो ।

संस्थाका उपाध्यक्ष माधव सुवेदीको स्वागत मन्तव्यबाट सुरु भएको साधारण सभामा ऋण समितिका पूर्व अध्यक्ष राजेन्द्र गौतम, लेखा समितिका संयोजक उद्दव न्यौपाने, ऋण उप समितिका संयोजक चिरञ्जीवी बुढाथोकी, सल्लाहकार सुरामणि बेल्वासेलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

साधारण सभामा संस्थाका सचिव मित्रदेव अधिकारीले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष शिव घर्तीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । साधारण सभाले संस्थाको रिक्त लेखा समिति सदस्यमा शंकर नेपाली, ऋण उपसमिति सदस्यमा टोपेन्द्र गिरीलाई चयन गरेको छ ।

साथै साधारण सभाले टीकाबहादुर बस्नेतको संयोजकत्वमा शिक्षा उपसमिति निर्माण गरेको छ । जसको सदस्यमा रविन केसी, वीरबहादुर केसी रहनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस