न्युयोर्कमा खनाल-जयशङ्कर भेट, नेपाल-भारत सहकार्य थप सुदृढ गर्ने प्रतिबद्धता

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाका अवसरमा संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा भारतीय विदेशमन्त्री डा. एस. जयशङ्करसँग भेटवार्ता गर्नुभएको छ।

भेटका क्रममा परराष्ट्रमन्त्री खनालले नेपालमा हालै आएको विनाशकारी भोटेकोशी बाढीपछि भारत सरकार तथा भारतीय जनताले व्यक्त गरेको ऐक्यबद्धता र तत्काल उपलब्ध गराएको सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभएको थियो।

मन्त्री खनालको सचिवालयका अनुसार भेटमा दुवै मन्त्रीले नेपाल–भारत सम्बन्धका विविध पक्ष तथा आपसी हितका विषयमा विचार आदानप्रदान गर्नुभएको थियो।

उहाँहरूले नेपाल र भारतबीच लामो समयदेखि कायम रहेको घनिष्ठ तथा मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ गर्दै द्विपक्षीय सहकार्यलाई अघि बढाउने विषयमा जोड दिनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस