काठमाडौँ । नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठक आज बिहान ८ बजेदेखि बस्दै छ। बैठकमा बोल्न बाँकी केन्द्रीय कमिटी सदस्यहरूले आफ्नो धारणा राख्ने कार्यतालिका रहेको छ ।
एमालेको केन्द्रीय कमिटी बैठक असोज ५ गतेदेखि जारी छ । केन्द्रीय कमिटी बैठककै बीचमा बस्ने भनिएको सचिवालय बैठक भने भोलिका लागि सारिएको छ। भोलि सचिवालय बैठक बसेपछि केन्द्रीय कमिटी बैठक समापन गर्ने एमालेको तयारी रहेको छ ।
यसअघि बैठकमा पार्टीको निर्वाचन समीक्षा, संगठनात्मक अवस्था तथा पुनर्गठनलगायतका विषयमा केन्द्रीय सदस्यहरूले धारणा राख्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस