अध्यादेश सिफारिसपछि राष्ट्रपति रामचन्द्र पौडेलले संविधानविद्हरूसँग परामर्श गर्ने

काठमाडौँ । सरकारले संसद् बैठक नबोलाई अध्यादेश सिफारिस गरेपछि राष्ट्रपति रामचन्द्र पौडेल ले आज संविधानविद्हरूसँग परामर्श गर्ने भएका छन् ।

अध्यादेशसम्बन्धी विषयमा छलफल गर्न राष्ट्रपति पौडेलले आज अपरान्ह ४ बजे शीतल निवासमा संविधानविद्हरूलाई बोलाएका हुन् ।

सरकारको सिफारिसमा राष्ट्रपतिले अध्यादेश जारी गर्ने प्रक्रियाअघि संवैधानिक र कानुनी पक्षबारे सुझाव लिन यो परामर्श आयोजना गरिएको हो ।

सरकारले सार्वजनिक निकायमा हुने नियुक्तिलाई पारदर्शी र प्रतिस्पर्धी बनाउने, दलीय राजनीतीकरण अन्त्य गर्ने, सार्वजनिक निर्माणका कामलाई तीव्रता दिने, सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तथा भूमि, मालपोत र नापीसम्बन्धी सेवाहरूलाई प्रभावकारी बनाउने उद्देश्यसहित अध्यादेश सिफारिस गरेको जनाएको छ ।

संसद् सञ्चालनबारे अनिश्चितता रहेको अवस्थामा अध्यादेशमार्फत कानुनी व्यवस्था अघि बढाउन खोजिएको भन्दै यस विषयमा राजनीतिक तथा संवैधानिक बहस पनि सुरु भएको छ ।

राष्ट्रपति कार्यालयको यो पहललाई अध्यादेशको औचित्य र संवैधानिक वैधताबारे स्पष्टता खोज्ने प्रयासका रूपमा हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस