जाजरकोटमा दुई दिनमा दुई भूकम्प, क्षति नभएको जनाइएको

दाङ । जाजरकोटको पैँक क्षेत्रलाई केन्द्रबिन्दु बनाएर लगातार दुई दिन दुईपटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार पहिलो भूकम्प वैशाख १ गते राति ९ बजेर ३१ मिनेटमा गएको हो। उक्त भूकम्पको परिमाण ४.१ म्याग्निच्युड मापन गरिएको छ।

त्यसको केही घण्टापछि दोस्रो भूकम्प वैशाख २ गते बिहान ४ बजेर ५३ मिनेटमा गएको हो। दोस्रो भूकम्पको परिमाण भने ४.४ म्याग्निच्युड रहेको केन्द्रले जनाएको छ।

दुवै भूकम्पको केन्द्रबिन्दु जाजरकोटकै पैँक क्षेत्र नै रहेको र सतहदेखि करिब १० किलोमिटर गहिराइमा कम्पनको महसुस भएको जानकारी केन्द्रले दिएको छ।

भूकम्पको धक्का स्थानीय बासिन्दाले स्पष्ट रूपमा महसुस गरे पनि हालसम्म मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त नभएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ। प्रशासनले भूकम्पका विषयमा स्थानीय तह र सुरक्षा निकायमार्फत निगरानी राख्न निर्देशन दिएको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस