दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । ढुङ्गानाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकमा रहनुभएका परिवारमा गहिरो समवेदना प्रकट गर्नुभएको हाे ।
विसं २०४६ मा प्रजातन्त्र पुनः स्थापना भएपछि निर्वाचित पहिलो प्रतिनिधिसभाका सभामुख दमननाथ ढुङ्गानाको निधनको खबरले अत्यन्त दुःखी भएको, नेपालमा मानव अधिकार रक्षाको आन्दोलन र संसदीय अभ्यासको प्रवर्द्धनमा उहाँले पुर्याउनु भएको याेगदानकाे मुख्यमन्त्री आचार्यले स्मरण गर्नु भएको छ ।
प्रतिनिधि सभाका पूर्व सभामुख ढुङ्गानाको उपचारको क्रममा मंसिर २ गते भएको निधन भएको थियाे ।
प्रतिक्रिया दिनुहोस