दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले दसैँ विदाभर सरकारी सवारीसाधन प्रयोग नगर्ने हुनु भएकाे छ । गृह जिल्ला अर्घाखाँची पुगेका आचार्यले दसैँ विदाभर सरकारी सवारी साधन प्रयोग नगर्ने हुनु भएको हाे ।
निजी सवारीसाधन प्रयोग गरेर मुख्यमन्त्रीले जिल्ला तहका भेटघाटमा पुग्न थालेको मुख्यमन्त्रीको निजी सचिवालयले जनाएको छ । मुख्यमन्त्री सवार बा १ झ ७८९० नम्बरको गाडी नचढेर मुख्यमन्त्री आचार्य बा १६ च ३८४३ नम्बरको निजी सवारीसाधन प्रयोग थाल्नु भएकाे छ ।
यस्तै मुख्यमन्त्री आचार्यले सुरक्षामा प्रयोग हुने सरकारी लु १ झ ४९८ नम्बरको गाडी दसैँ विदाभरका लागि फिर्ता गर्नु भएकाे छ । स्कटिङ्गमा प्रयोग हुँदै आएको सरकारी गाडी दाङमा फिर्ता पठाइएको छ, भने मुख्यमन्त्री चढ्ने सरकारी गाडी जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा राखिएको छ । सुशासन कायम गर्न मुख्यमन्त्रीले दसैँ विदामा सरकारी गाडी नचढ्ने निर्णयले जनस्तरमा राम्रो सन्देश सन्देश गएको छ ।
प्रतिक्रिया दिनुहोस