कवि दीप दर्पणको कविता संग्रह ‘एक्लो पृथ्वी एक्लो मान्छे’ विमोचन


काठमाडौँ । कवि दीप दर्पणको पहिलो कविता संग्रह ‘एक्लो पृथ्वी एक्लो मान्छे’ विमोचित भएको छ । कवि श्रवण मुकारुङ, समालोचक राजकुमार बानियाँ, कवि ज्योती जंगल र लेखक दीप दर्पणले सामूहिक रुपमा कविता संग्रहको विमोचन गरेका हु

विमोचन कार्यक्रममा बोल्दै कवि तथा गीतकार मुकारुङले दीप दर्पणका कविताले नेपाली समाजको यथार्थता प्रस्तुत गरिएको बताए । उक्त अवसरमा समालोचक बानियाँले आफू कविताको भोको रहेको चर्चा गर्दै आफूले अध्ययन गर्न चाहेको कविताको स्वाद दीप दर्पणका कवितामा प्राप्त गरेको दावी गरे । उनले कविताले पाठकको मन जित्नेमा बताए ।

कार्यक्रममा बोल्दै कवि जंगलले संग्रहका हरेक कविताले कुनै न कुनै कथानक बोकेको चर्चा गर्दै कविले निम्न वर्गीयहरुका मर्मलाई चित्रण गरेको बताए ।

रोल्पा स्थायी घर भएका दीप दर्पण सानैदेखि कविता लेखनमा रुची राख्दथे । साहित्यमा विशेष रुची रहेका उनले फुटकर कविताहरु संचारमाध्यममार्फत् पाठकसामु ल्याइरहने गरे पनि संग्रह नै ल्याएको भने पहिलो पटक हो ।

विमोचन कार्यक्रममा कवि रीमा केसी, महेश छितिज, सुरज राणा र राधिका अधिकारीले कविता संग्रहबाट छानिएका कविता वाचन गरेका थिए। कार्यक्रम सञ्चालन कवि प्रज्वल अधिकारीले गरेका थिए। ५२ वटा कविता समेटिएको संग्रह सांग्रीला बुक्सले प्रकाशन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस