प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै, महासभामा जलवायु असर उठाउने

काठमाडौँ । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क प्रस्थान गर्दैछन् ।

प्रधानमन्त्री शाह ४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्युयोर्क जान लागेका हुन् । उनले महासभामा असोज ८ गते सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

भोटेकोशी बाढीबाट ठूलो जनधनको क्षति भएको विषयलाई समेत ध्यानमा राख्दै प्रधानमन्त्री शाहले महासभामा जलवायु परिवर्तनका कारण नेपालमा परेको असरबारे राष्ट्रसंघको ध्यानाकर्षण गराउनेछन् ।

महासभामा सहभागी हुन यसअघि असोज ४ गते परराष्ट्रमन्त्री शिशिर खनाल नेतृत्वको टोली न्युयोर्क प्रस्थान गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस