आउँदो वर्षको एसईई नतिजा ७० प्रतिशत पुर्‍याउँछौ-प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १० को अन्तिम परीक्षा एसईईको नतिजा आउँदो वर्ष अहिलेको भन्दा २२ प्रतिशत बढाएर ७० प्रतिशत पुर्‍याइने बताएका छन् । यसवर्षको नतिजा ४८ प्रतिशत मात्रै छ ।

‘यो हामीलाई सैह्य हुँदैन । ४८ प्रतिशतबाट लाई ७० प्रतिशत पुर्‍याउने लक्ष्य लिएर अगाडि बढेका छौ’ प्रधानमन्त्री ओलीले शिक्षा दिवसको अवसरमा भने ‘एकै वर्षमा २२ प्रतिशतले वृद्धि गर्छौ । त्यस पछि क्रमशः बढाएर लैजान्छौँ ।’

शिक्षा, सीप, विज्ञान प्रविधिको क्षेत्रमा पछि परेकोले परिस्थितिलाई बदल्नु पर्ने उनले बताए । सरकारको तर्फबाट अहिलेको पछौटेपनलाई हराउन लागि परेको ओलीले बताए ।

‘शिक्षालाई अगाडि बढाउने सन्दर्भमा सरकारले विशेष पहल गर्नेछ । परिस्थितिमा सकारात्मक परिवर्तन ल्याउने प्रतिबद्धता जनाउँछु,’ उनले भने ।

विद्यार्थीको नतिजा कमजोर भएको अंग्रेजी, गणित, विज्ञान अनलाइनबाट पढाउने योजना बनाएको उनले बताए ।

उनले भने ‘अनलाइन शिक्षा दिएर पासको प्रतिशत बनाउने नीति लिएका छौँ । व्यवहारिक रूपमा सुरु गरिसकेका छौ । कतिले यसको टिप्पणी गरेका छन् । टिप्पणी गर्नु उनीहरूको बानी हो । यस परिस्थितिलाई परिवर्तन गर्नै पर्छ । कुरा मात्रै गरेर हुँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस