एमाले बैठकको पहिलो दिनमै देखियो असन्तुष्टि, आज बोल्ने तयारीमा असन्तुष्ट पक्ष

काठमाडौँ । नेकपा एमाले केन्द्रीय कमिटी बैठकको पहिलो दिन अध्यक्ष केपी शर्मा ओलीले बैठक सञ्चालनदेखि एजेण्डा र प्रतिवेदन प्रस्तुतिसम्मका काम आफैँ सम्हालेपछि दोस्रो दिनको बैठकतर्फ सबैको ध्यान खिचिएको छ ।

पहिलो दिन महासचिवसहितका पदाधिकारीले बैठकमा सक्रिय भूमिका नपाएको भन्दै पार्टीभित्र असन्तुष्टि देखिएको छ । सचिव डा. राजन भट्टराईले समेत अध्यक्ष ओलीले सोमबार गरेको अभ्यास पदाधिकारीसँगको सल्लाहमा नभएको बताएका छन् ।

यसबीच नेता कर्ण थापाले भने मंगलबारको बैठकमा आजको अवस्था दोहोरिन नदिने संकेत गरेका छन् । उनले उपाध्यक्ष र महासचिवलगायत पदाधिकारीले बैठकमा बोल्ने तथा आफूले छुट्टै दस्तावेजसहित धारणा राख्ने बताएका छन् ।

‘आज उपाध्यक्ष र महासचिवहरूले पनि बोल्नुहोला, म त अलग्गै डकुमेन्टसहित प्रस्तुत हुँदै छु,’ थापाले भने । बैठकको मुख्य चासोका रूपमा रहेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन भने पहिलो दिन प्रस्तुत भएन । यही प्रतिवेदन र नेतृत्व सञ्चालनको शैलीलाई लिएर मंगलबारको बैठकमा थप बहस हुने देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस