दाङ । लुम्बिनी प्रदेश सरकारको प्रशासनिक संरचना निर्माण तीब्र गतिमा अगाडि बढेको छ । एउटै हाताभित्र मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयसहित १० वटा भव्य प्रशासनिक भवन निर्माणको कार्य तीब्र गतिमा अगाडि बढेको प्रदेश राजधानी निर्माण आयोजना कार्यान्वयन इकाइले जानकारी दिएको छ ।
कार्यालयका इञ्जिनियर तथा सूचना अधिकारी प्रदीप भट्टराईले निर्धारित समयमै निर्माण सम्पन्न गर्नेगरी निर्माण कार्य अगाडि बढेको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस