परापूर्व कालदेखि १८ मगरात क्षेत्रका रूकुम (पूर्व), उत्तर पूर्वि रोल्पासहित पश्चिम बाग्लुङका केही भेगका मगर बाहुल्य गाउँबस्ती हर्षोल्लासको साथ ५ दिनसम्म भूमे पर्व धुमधामले मनाउने चलन छ। विभिन्न गाउँ-ठाउँअनुसार यो पर्वलाई बलपूजा, बल्क, नाम्के, झ्यामकुरी र नोगोवाङ्गे भन्ने गरिन्छ।
प्रत्येक साल असार १ गते सुरू भएर हप्ता दिनसम्म मनाइने भूमे यो क्षेत्रको सबैभन्दा ठूलो र महत्वपूर्ण पर्व हो। पर्व सुरू हुनु भन्दा करिब महिना दिन अघिदेखि जेठ महिनाभरि आ-आफ्ना गाउँ ठाउँमा भेला भएर साँझ पूर्वाभ्याससमेत गरिन्छ।
प्रतिक्रिया दिनुहोस