नेप्से ७.०६ अङ्कले बढ्यो, कारोबार ७ अर्ब नाघ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ७.०६ अङ्कले बढेर २ हजार ६५४.२८ विन्दुमा पुगेको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि २.७१ अङ्कले बढेर ४७३.७९ विन्दुमा पुगेको छ । त्यस्तै, फ्लोट परिसूचक ०.५३ अङ्कले बढेर १८२.९९ विन्दुमा पुगेको छ भने सेन्सेटिभ फ्लोट परिसूचक ०.६८ अङ्कले बढेर १६० विन्दुमा पुगेको छ ।

आज विभिन्न कम्पनीका २ करोड १५ लाख ८९ हजार ७६१ कित्ता सेयर ७ अर्ब ५ करोड ३ लाख ९८ हजार ६२४ रुपैयाँमा खरिद–बिक्री भएका छन् ।

कारोबार भएका १३ उपसमूहमध्ये ७ उपसमूहको सूचक बढ्दा ६ उपसमूह घटेका छन् । आज १३८ कम्पनीको सेयर मूल्य बढेको छ भने १३० कम्पनीको घटेको छ । ११ कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार मिड सोलु हाइड्रोपावर, फर्स्ट माइक्रोफाइनान्स लघुवित्त र मैलुङ खोला जलविद्युत् लगायतका कम्पनीका लगानीकर्ताले कमाएका छन्।

त्यस्तै स्नो रिभर्स, नारायणी डेभलपमेन्ट बैंक र बोटलर्स नेपाल (बालाजु) लगायतका कम्पनीका लगानीकर्ताले गुमाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस