आजदेखि लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन सुरु

दाङ । लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि सुरु हुँदै छ । अधिवेशनको पहिलो बैठक बिहीबार दिउँसो १ बजे बस्ने तय गरिएको छ ।

प्रदेश सभा सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार बैठकको सुरुआतमा प्रदेश प्रमुखबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र सभामुखले पढेर सुनाउने कार्यक्रम रहेको छ ।

त्यसपछि विभिन्न राजनीतिक दलका तर्फबाट प्रदेश सभा सदस्यहरूले शुभकामना मन्तव्य राख्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।

नयाँ अधिवेशन सुरु भएसँगै प्रदेश सरकारका नीति तथा कार्यक्रम, कानुन निर्माण र समसामयिक विषयमा छलफल अघि बढ्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस