सत्य साई बाबाको शताब्दी उत्सवमा रक्तदान र फलफूल वितरण

दाङ । दाङको रतनपुरस्थित सत्य साई भजन समूहले सत्य साई बाबाको शताब्दीऔं जन्मोत्सवकाे अवसरमा सामाजिक सेवा–केन्द्रित कार्यक्रमहरू सम्पन्न गरेको छ ।

रक्तसञ्चार केन्द्र घोराहीसँगको सहकार्यमा आयोजित रक्तदान कार्यक्रममा १५ जनाले रक्तदान गरेकाे कार्यक्रम संयोजक सिर्जना डिसीले जानकारी दिइन् ।

समूहकी अध्यक्ष मन्दकला डिसीको अध्यक्षतामा भएकाे रक्तदान कार्यक्रममा पूर्णबहादुर रोका, नुमा थापा, सुनिता रोका, बिनिता रोका, सिर्जना डिसी, निमा बस्नेत, विकास शाह, सुशीला केसी, सञ्जय विसी, निरज चौधरी, बाबु घर्ती मगर, रेगत केसी, नवराज सापकोटा, दीपा सिंह र अङ्कित रावतले रक्तदान गरेका थिए ।

रक्तदानमार्फत् समुदायमा सेवा, सहानुभूति र मानव कल्याणको सन्देश फैलाउने उद्देश्य रक्तदान कार्यक्रमकाे आयाेजना गरेकाे कार्यक्रम संयोजक डिसीले जानकारी दिइन् ।

उनका अनुसार शताब्दी उत्सवको अवसरमा समूहले गोरखा हस्पिटलमा उपचाररत २४ जना बिरामीलाई फलफूल वितरण गरेको छ ।

कार्यक्रममा बाेल्दै समूहकी आध्यात्मक उपसंयोजक कलावती डाँगीले सत्य साई दर्शनले मानवीय सेवा र करुणालाई मूल मूल्यको रूपमा अघि बढाउने बताइन् ।

सेवा, भक्ति र सहयोगलाई जोडेर मनाइएको यस वर्षको शताब्दी उत्सवले समुदायमा सकारात्मक उदाहरण स्थापना गरेको उनकाे भनाइ थियाे । कार्यक्रममा गोरखा हस्पिटलका एमडी दिनेश आचार्यलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस