कृष्णदेव थापा
दाङ । बिरगञ्जमा भएको जय ट्रफी मेन्स एलिट कपको उपाधी नेपाल पुलिस क्लवले हात पारेको छ । फाइनल खेलमा त्रिभुवन आर्मी क्लवलाई २८ रनले पराजित गरी पुलिस क्वलले उपाधि हात पारेको हो ।
टस जितेर फिल्डिङ त्रिभुवन आर्मी क्लवले पुलिस क्लवलाई व्याटिङ्गको निम्तो दिएको थियो । खेलमा १३३ रन बनाएर पालि घोषित गरेको थियो, जसमा नेपाल पुलिस क्लवको तर्फबाट कुशल भुर्तेलले अर्धसतकिय ५१ रनको पालि खेलेका थिए र आर्मी क्लवका साहाव आलमले ७ विकेट लिएका थिए ।
जवाफिय ब्याटिङ्गमा त्रिभुवन आर्मी क्लवले आफ्नो पहिलो पालिमा १७० रन बनाएको थियो, जसमा भिम सार्कीले ५८ रनको योगदान दिएका थिए, भने पुलिस क्लबका सागर ढकालले आर्मी क्लवका ५ व्याट्म्यानहरुलाई पबेलिएन पठाउन सफल भएका थिए ।
दोस्रो पालीमा नेपाल पुलिस क्लवले १३९ रन बनाउँदै आफ्नो प्रतिद्वन्द्वीलाई १०३ रनको लक्ष्य दिएकोमा सागर ढकालले र ललित राजबंशीले उत्कृष्ट बलिङ्ग गर्दै क्रमशः ६ विकेट र ४ विकेट लिई आर्मी क्लवलाई ७४ रनमै समेटी जय ट्रफी मेन्स एलिट कपको उपाधि जित्न सफल भएको छ ।
फाइनल खेलमा कुल ११ विकेट लिएका नेपाल पुलिस क्लवका सागर ढकाल म्यान अफ दि म्याच घोषित भएका छन् ।
प्रतिक्रिया दिनुहोस