महिला शान्ति सुरक्षा सम्बन्धी दोस्रो राष्ट्रिय कार्ययोजना कार्यान्वयन

लुम्बिनी प्रदेशमा निर्देशक समिति गठन

दाङ । महिला, शान्ति र सुरक्षाको आधार स्तम्भको रुपमा रहेकोे प्रस्ताव नं. १३२५ र १८२० का अतिरिक्त महिला, शान्ति र सुरक्षा सम्बन्धमा संयुक्त राष्ट्रसंघ, सुरक्षा परिषद्ले अन्य पुरक प्रस्तावहरु पनि पारित गरेको छ ।

संयुक्त राष्ट्रसंघको वडापत्रको धारा २५ अनुसार सुरक्षा परिषद्बाट पारित प्रस्ताव कार्यान्वयन गर्न संयुक्त राष्ट्रसंघका हरेक सदस्य राष्ट्रको दायित्व हुन्छ । भनि उल्लेख गरिएको छ ।

नेपाल सरकारले वि.स. २०६७ मा प्रस्ताव न. १३२५ र १८२० कोे प्रभावकारी कार्यान्वयनको लागि सो प्रस्ताव कार्यान्वनका लागि राष्ट्रिय कार्ययोजना (२०६७/०६८ २०७१/०७२) को तर्जुमा गरी कार्यान्वयन पनि गरिसकेको छ ।

ठाकुरबाबा नगरपालिकामा तेस्रो चरणको काम हुँदै
लुम्बिनी प्रदेशको बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिकामा महिला शान्ति र सुरक्षासँग सम्बन्धी संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को प्रस्ताव नम्वर १३२५ र १८२० को कार्यान्वयन सम्बन्धी दोश्रो राष्ट्रिय कार्ययोजनाले व्यवस्था गरे अनुसारको दोस्रोे पालिकामा कार्ययोजना कार्यान्वयन स्थानीय समिति पालिका प्रमुखको संयोजकत्वमा र आश्यकता पहिचान उपसमिति उपप्रमुखको संयोजकत्वमा बनिसकेको नगर उपप्रमुख विनाकुमारी भट्टराईले जानकारी दिनुभयो ।

आवश्यकता पहिचान उपसमिति बनिसके पछि विभिन्न चरणमा अन्तरक्रिया छलफल, कार्यपालिका कर्मचारीहरुलाई अभिमुखीकरण गर्ने र द्वन्द्व पीडित तथा प्रभावित महिला तथा बालिकाको आवश्यकता पहिचान गर्नका लागि गोपनियता तथा संवेदनशिलता सम्बन्धी आचारसंहिता निमार्ण, सोको बारेमा सम्बन्धित साझेदारहरु, द्वन्द्व पीडित तथा प्रभावित महिलाहरु, कार्यायोजना कार्यान्वयन स्थानीय समिति, विषयगत संघसस्थाहरुसँगको छलफल पछि आचारसंहितालाई अन्तिम रुप दिइएको थियो ।

त्यसपछि आवश्यकता पहिचान उपसमितिले आचारसंहितालाई निर्णय गरी स्थानीय कार्यापालिका मार्फत कार्यान्वयनमा ल्याइएको हो । आवश्यकता पहिचान उपसमितिका सबैजनाले सफत ग्रहण पश्चात द्वन्द्व पीडित तथा प्रभावित महिला तथा बालिकाका आवश्यकता पहिचानको काम सुरु गरेको उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘द्वन्द्व पीडित तथा प्रभावित महिला तथा बालिकाको आवश्यकता पहिचान गरेका छौं, असारसम्ममा ५० जनाको आवश्यकता पहिचान गरेका थियाै । पहिचान भएका आवश्यकताको विश्लेषण गरेर अलिकती यो आर्थिक वर्षमा पालिकाले सम्बोधन गर्ने कार्यक्रम पनि समाबेश गरिरहेका छांै । यो आर्थिक वर्षबाट फेरि सुरु भएको आवश्यकता पहिचानको काम हामीले विषेश गरेर द्वन्द्व प्रभावित महिला तथा बालिकाहरुको लागि आवश्यकता पहिचानको काम हो यो । जसमा शसस्त्र द्वन्द्वको समयमा यातना, बलत्कार र यौन हिंसा पीडितहरुको पहिचान गर्ने कार्य निकै संवेदनशील र गोपनियता राख्नुपर्ने भएकाले उपसमितिमा रहेका दुई जना द्वन्द्व पीडित सदस्यहरु राज्य पक्षबाट पीडित अर्को बिद्रोही पक्षबाट पीडित उहाँहरुको भुमिका निकै महत्वपूर्ण छ । एक जना मनोपरामर्शकर्ता हुनुहुन्छ जसले गर्दा हामीलाई उहाँहरु तीनजनाले संकलन गरेका सूचना जानकारीका आधारमा सबै द्वन्द्व पीडित तथा प्रभावित महिला तथा बालिकाहरुका तत्काल र दीर्घकालिन आवश्यकता सम्बोधन गर्न सजिलो भएको छ । यस पटक हामीले सबै द्वन्द्व पीडित तथा प्रभावित महिला तथा बालिकाहरुको लागि स्वास्थ्य बिमाको कार्यक्रम सुरु गरेका छांै । सीपमुलक तालिममा जोडेका छांै । नगरपालिकाबाट लक्षित वर्ग भनेर द्वन्द्व पीडितलाई जोडिएको थिएन । अहिले कुनै पनि कार्यक्रम आउँदा द्वन्द्व पीडित महिलालाई पनि जोडेर कार्यक्रम र पहिचानको कार्यक्रम गरेका छौं । देशभरमा ठाकुरबाबा नगरपालिका एकमात्र नगरपालिका हो । जसले द्वन्द्व पीडित तथा प्रभावित महिला तथा बालिकाको समष्टिगत आवश्यकता पहिचानको काम अगाडि बढाएको छ ।’


जिल्ला स्तरमा पनि हाम्रो समन्वय समिति बनिसकेको उहाले बताउनु भयो । ‘गृह मन्त्रालयले परिपत्र गरेअनुसार हामीले दास्रो राष्ट्रिय कार्ययोजना कार्यान्वयनका लागि अगाडि बढाउनुपर्ने काम आबश्यकता पहिचानका आवश्यक कागजात आइसकेको थिएन त्यसलाई हामी आफैले तयार गरेर यसलाई अघि बढाएका छांै’, उहाँले भन्नुभयो, ‘ठाकुरबाबा नगरपालिकाको पहलमा बर्दिया जिल्लामा रहेका अन्य ७ पालिकामा समेत द्वन्द्व पीडित तथा प्रभावित महिला तथा बालिकाको समष्टिगत आवश्यकता पहिचानको कार्य थालनी भएको छ । हाम्रो पालिकाले तयारी गरी कार्यान्वयनमा ल्याएको गोपनियता तथा संवेदनशिलता सम्बन्धी आचारसंहितालाई बर्दिया जिल्लाको अन्य पालिकाहरुले कार्यान्वयनमा ल्याएको छ । कुनै पालिकाहरुले उँहाहरुको आफ्नो आवश्यकता अनुसार परिमार्जन पनि गरिएका छन् । जसले गर्दा अबका दिनमा उहाँहरुलाई काम गर्न सजिलो भएको छ ।’

दोस्रो राष्ट्रिय कार्ययोजना कार्यान्वयन गर्ने समय नौ महिना मात्र बाँकी छ । पहिलो कार्ययोजनामा खासै काम भएन । अब यो दोस्रो कार्ययोजनाको पनि धेरै समय छन । अब तेस्रो कार्ययोजना आएन भने यो काम त्यत्तिकै रहन्छ नेपालसरकारको नीति तथा कार्यक्रममा केही सम्बोधन भएको छ । यो टीआरसी बिधेयक पनि सम्बोधनको क्रममा छ । शान्तीकोष भनेर सरकारले कोष पनि खडा गरेको छ । यदी हामीलाई आबश्यकता पहिचान गरेर त्यस्तो खालको समस्या आयो भने हामीले पहिचान गर्न सक्यौ र सरकारलाई सुझाब दिन सक्यौ भने कार्यक्रम कार्यन्वयन गर्न सहज हुने उहाँको भनाइ छ । द्वन्द्व पिडितको पहिचान गर्र्नेे काम हाल तेस्रो चरणमा पुगेको बताउनुहुन्छ । हामीले काम सुरु गरे पछि नगरपालिकाले ७ जनालाई तालिम दिइको छ, । हाम्रो पालिकाले देश भरको नमूना काम गरेका छौ भन्ने लाग्छ । । हाम्रो पालिकाले पनि द्वन्द्व पिडितका लागि वजेट छुट्याउने योजनामा छौ ।

तत्कालीन १० वर्षे सशस्त्र द्वन्द्वका बेला आफन्त गुमाएका,हिंसामा परेका तथा बेपत्ता भएकाहरुको परिवारले लामो समयसम्म न्याय पाउन नसकेकोमा अब केही आसा पलाएको बताएका छन् । पीडितहरुले आफन्त बेपत्ता भएको लामो समयसम्म पनि लास वा सास केही पनि पत्तो पाउन नसकेको बताएका छन् । द्वन्द्वका समयमा बलपूर्वक बेपत्ता भएकासँगै ज्यान गुमाएका आफन्तहरुले हरेक दिन विगतको पीडा सहेर बाँच्नु परेको दुख सुनाएका छन् ।

महिला शान्ति र सुरक्षासँग सम्बन्धी संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को प्रस्ताव नम्वर १३२५ र १८२० को कार्यान्वयन सम्बन्धी दोश्रो राष्ट्रिय कार्ययोजना तयार गरेर द्वन्द्व पिडित आशावादी भएका हुन् ।

द्वन्द्वपीडित राष्ट्रिय महिला सञ्जाल दाङकी अध्यक्ष लक्ष्मी चौधरीले द्वन्द्व पिडित परिवारका पीडा सबैको आ–आफ्नै रहेको बताउनुहुन्छ । उहाँले आफन्त गुमाउनुको पीडाबोध गर्न निकै गाह्रो हुने भन्दै बेपत्ताको अवस्था अज्ञात हुँदा यसले पारेको असर अझ गम्भीर रहेको बताउनुभयो । द्वन्द्वका समयमा राज्य पक्षबाट मासिक पिडा पाएको र यौनजन्य हिंसा पाएको त्यसको बारेमा बोल्ने कुनै निकाय नभए जस्तो लागेको थियो । अहिले सरकारले संक्रमणकालिन न्याय सम्बन्धी विद्ययेक आए पछि सत्यनिरुपण तथा मेलमिलाप आयोगले काम गर्द कि भन्ने केही आसा जागेको उहाँले बताउनुभयो । मनको घाउ पुछ्ने मलम नपाइने रैछ ,सबै भन्दा गाह्रो पर्खाई रहेछ । शसस्त्र द्वन्द्व ले परिवर्तन त भयो होला तर पीडितका पीडा कम भएनन् । संघ प्रदेश र स्थानीय तहले द्वन्द्वपीडितका समस्या समाधान गर्न पहल गर्नुपर्छ ,उहाँले भन्नुभयो । घोराही उपमहानगरपालिको वडा नम्वर १७ ले सबै द्वन्द्व पिडित परिवारको निशुल्क स्वास्थ्य बिमा गरेको बताउनुभयो ।

दाङमा जिल्ला निर्देशक समितिमात्रै गठन
त्यसै गरी, जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माले बेपत्ता परिवारलाई न्याय दिन जिल्ला निर्देशक समिति गठन गरेर काम अगाडि बढाएको बताउनुभयो । पालिका स्तरमा कार्यसमिति बनेको छ तर आवश्यकता पहिचान उपसमिति बनाउने काम हुन नसकेको उहाँले बताउनुभयो । नगरपालिका उपप्रमुख र गाउँपालिका उपाध्यक्षको संयोजकत्वमा कार्ययोजना समिति गठन गरिसकेको र अब द्वन्द्व पिडित सत्यतथ्य छानबिन हुनेमा आशाबादी रहेको उहाँले बताउनुभयो । टीआसी विधेयक कानून बनाएर अबिलम्ब कार्यान्वयनमा ल्याउनु सबैले सकारात्मक सहयोग गर्न आग्रह गर्नुभयो । कार्ययोजना कार्यान्वयन गर्ने निकायहरुबिच समन्वय गरिरहेका छौ, उहाँले भन्नुभयो । द्वन्द्व पीडितले न्याय पाउन नसकेको भन्दै यो पीडाको यात्रा अब नलम्बिने बताउनुभयो । दाङका १० वटै पालिकामा द्वन्द्व पिडित संजाल गठन भएको र काम सुरु गरेको भएपनि उहाँले जानकारी दिनुभयो । संजालहरुलाई सक्रिय बनाउन नसकिएको उहाँले बताउनुभयो ।

बंगलाचुली गाउँ पालिकाका अध्यक्ष तुलसीराम पुनले दोस्रो राष्ट्रिय कार्ययोजना तर्जुमा गरी पालिकाले कार्यान्वयन पनि गरिसकेको बताउनुभयो । पालिकाले द्वन्द्व पिडितको तथ्याङ संकलन गरेर पालिकाबाट हुने सीपमुलक, आर्यआर्जन मुलक तालिममा समाबेश गरेर स्रोजगार बनाउने क्रममा रहेको बताउनुभयो । संक्रमणकालिन न्याय बिधेक पास हुनु सुखद पक्ष रहेको बताउनुभयो । उहाँले शान्ति स्थापना होला भनेर आसावादी भएका छौ, द्वन्द्व व्यवस्थापन गरौ भनेर आफैले सहमती गरेको स्मरण गर्नुभयो । यसलाई टुंगोमा पुराउन पनि आफै लाग्ने छौ, उहाँले भन्नुभयो ।

द्वन्द्व पिडित समाज दाङका अध्यक्ष प्रकाश चौधरीले दोस्रो राष्ट्रिय कार्ययोजनाले द्वन्द्व पिडितका पिडामा मलम लगाउने काम गरेको बताउनुभयो । संक्रमणकालिन न्याय टुंगोमा पुग्ने आसा जागेको बताउनुभयो । द्वन्द्वको घाउलाई धेरै लामो समयसम्म राख्न नहुने र सत्यतथ्य छानविन गरेर टुंगोमा पुराउनुपर्ने धारणा रहेको छ । दाङमा १ सय २६ जना बेपत्ता भएको तथ्यांक छ । यसैगरी, ३ सय ४५ जनाको द्वन्द्वका क्रममा मृत्यु भएको थियो भने एक हजार बढीको अंगभंग भएको तथ्याङ रहेको बताउनुभयो ।

लुम्बनी प्रदेशमा कार्ययोजना कार्यान्वयन प्रक्रिया र संरचना
राष्ट्रिय कार्ययोजना कार्यान्वयनका लागि कार्ययोजनाको कार्यान्वयन गर्ने नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहका निकायहरु र सहयोगी निकायहरुले राष्ट्रिय कार्ययोजना अनुरुपका कार्यक्रम तर्जुमा एवं कार्यान्वयन गर्ने गरि संरचना तोकिएको छ । संघिय सरकारले काम गर्न प्रदेश र स्थानीय तहलाई पत्र पठाउदा पनि प्रदेश र स्थानीय तहले गम्भीरतापूर्वक नलिएको जानकार बताउछन् । यही असोज १३ गते लुम्बिनी प्रदेशमा आन्तरिक मामिला तथा कानून मन्त्रीको संयोजकत्वमा प्रदेश निर्देशक समिति गठन गरिएको मन्त्रालयका सूचना अधिकारी गंगाधर पाण्डेयले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस