विपद्मा देखिएको सरकारी लाचारीपन फेरि दोहोरिनु हुँदैन

केही दिनअघिको लगातारको वर्षापछि आएको बाढीपहिरोमा परी दुई सय १७ जनाको मृत्यु भएको छ । अझै २८ जना अझै बेपत्ता छन्, भने एक सय ४३ जना घाइते भएका छन् । अरबौंको क्षति भएको छ । जसले राज्यलाई ठूलो क्षति पुर्याएको छ । जसले राज्यको पछिल्लो बाढीपहिरो प्रकोपले राज्यको तयारी र जिम्मेवारीमा देखिएको गम्भीर खोटलाई उजागर गरेको छ। जल तथा मौसम विज्ञान विभागले भारी वर्षाको चेतावनी दिएको भए पनि सरकारले आवश्यक अग्रसरता लिन सकेन। राजधानी नजिकैको नख्खु खोला र नागढुंगामा बाढीले जनधनको ठूलो क्षति पु¥याउँदा उद्धार कार्य प्रभावकारी हुन सकेन, जसले राज्य संयन्त्रको तयारी र समन्वयमा गम्भीर कमजोरी भएको देखाउँछ।

विपद् हल्ला गरेर आउँछैन । यो स्वाभाविक प्रक्रिया हो । सावधानी अपनाउन पर्याप्त समय भए पनि सरकारी निकाय, बस व्यवसायी, र नागरिक तहबाट चेतावनीलाई बेवास्ता गरिएको थियो। यसले गर्दा अस्थायी बासस्थानमा बसेका नागरिकलाई बाढीले बगाएर मर्नुपर्ने स्थिति आयो। घटनाको प्रकृति हेर्दा मुलुकले प्राकृतिक विपत्तिसँग जुध्न आवश्यक साधन र स्रोतको अभाव मात्र नभई, सरकारी नेतृत्वमा उचित योजनाको कमी रहेको प्रष्ट हुन्छ।

प्रधानमन्त्रीको विदेश भ्रमणका बीचमा प्रकोपले देश आक्रान्त हुँदा, कार्यबाहक प्रधानमन्त्रीले समेत प्रभावकारी कदम चाल्न सकेनन्। संकटको बेला ठोस निर्णय र छिटो कार्यान्वयन नभएर मात्र होइन, उद्धारका लागि तयार जनशक्ति र स्रोत साधनको व्यवस्थापनमा देखिएको ढिलाइले ठूलो मानवीय क्षति निम्त्याएको छ। यस घटनाले नेपालमा विपद् व्यवस्थापन र सरकारी संयन्त्रको कमजोरीलाई पुनः उजागर गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस