घर लिप्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

दाङ । घर लिप्ने क्रममा करेन्ट लागेर गुल्मीमा महिलाको मृत्यु भएको छ । जिल्लाको मालिका गाउँपालिका(२ दर्लिङ्ग अडारे निवासी २७ वर्षिया माया रोका मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक शंकर पोखरेलका अनुसार आफ्नै घरको बाहिर दलान लिप्ने क्रममा अचानक करेन्ट लागेर घाइते रोकाको गुल्मी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

सोमबार दिउँसो साढे ३ वजेतिर करेन्ट लागेको थियो । मुसाले काटेर नाङ्गो बनाएको बिजुलीको तारमा अचानक छुन गई करेन्ट लागेको पोखरेलले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस