अवरुद्ध दाउन्ने सडक सुचारु गर्न पहल, मर्मत गर्न ६/७ घण्टा लाग्न सक्ने

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पूर्व पश्चिम राजमार्गअन्तर्गत अवरुद्ध दाउन्ने सडक सुचारुका लागि पहल लिनु भएको छ ।

तीन वटै सुरक्षा निकायका प्रमुखहरु संग सम्पर्क गरेर सडक मर्मत गरेर तत्काल सुचारु गर्ने वातावरण बनाउन आग्रह गर्नु भएको हो ।

पहिरो जाँदा सडक २ फिट सम्म भाएिको छ । राम्रो संग मर्मत गरेर सडक सुचारु गर्न ६–७ घण्टाको समय लाग्न सक्ने प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले जानकारी दिनुभयो । ‘म अहिले फिल्डमै छु । अब सडक मर्मतको काम सुरु हुँदैछ’, उहाँले भन्नुभयो, ‘सडक धेरै भासिएकाले सामान्य मर्मतले यो खुल्ने अवस्था रहेन । छिटो काम सक्नेगरी हामी लागीपरेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस