विवाह भएको तीन मिनेटमै डिभोर्स

दाङ। कुवेतमा एक दम्पतीले तीन मिनेटमै बिहे रद्द गरेका छन् । कुवेतमा एउटा अदालतमा बिहे गरेर बाहिर निस्कने क्रममा बेहुली चिप्लिएर लड्नु भएको थियो । भर्खरै बिहे गरेका श्रीमानले आफूलाई खिसी गरेपछि बेहुली त्यति नै बेला अदालत भित्र छिरेर न्यायधीससँग ठाउँको ठाउँमै बिहे खारेज गर्न आग्रह गर्नुभएको थियो ।

केही क्षणअघि मात्रै बिहे गराइदिएकी बेहुलीले सम्बन्ध विच्छेद मागेपछि न्यायाधीश पनि अक्क न बक्क पर्नुभएको थियो । तर उहाँले बेहुलीको कुरा नमानी सुखै पाउनु भएन । बिहे भएको ३ मिनेटमै उक्त बिहे रद्द गरियो ।

यो घटना अहिलेको होइन, सन् २०१९ को हो । तर यतिबेला पुनः यो बिहे सामाजिक सञ्जालमा चर्चामा आएको छ । माइक्रोब्लगिङ वेबसाइट एक्समा यो खबर भाइरल भएपछि भिजिटरहरूले यसमा धमाधम प्रतिक्रिया दिइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस